खेल

हङकङले दियो नेपाललाई २ सय १५ रनको लक्ष्य

हङकङले दियो नेपाललाई २ सय १५ रनको लक्ष्य

चैत्र १७ । एसीसी इमर्जिङ एसियाकपमा हङकङले नेपाल सामु २ सय १५ रनको चुनौती पेश गरेको छ ।

बंगलादेशको शेख कमाल रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउंदै २ सय १४ रन बनाएको हो । हङकङका लागि सर्वाधिक ५१ रन अंशुमान राथले बनाए भने क्यारन म्याकुलेसनने ४३ रनको योगदान गरे भने वाकस खानले ३० र सहिद वासिफले २२ रन बनाए । त्यस्तै इशान खानले १८ तथा वाजिद शाले १६ रन बनाए ।

नेपाली बलरहरु अविनाश कर्णले ३ विकेट लिए भने कप्तान ज्ञानेन्द्र मल्ल, सुसन भारी र भुवन कार्कीले समान २-२ विकेट लिए त्यस्तै सन्दिप लामिछानेले १ विकेट लिए । यस अघि नेपाल र हङकङ दुबै टोली पाकिस्तान र बंगलादेशसँग पराजित भएका थिए ।

प्रतियोतिबाट बाहिरिएका दुबै टिमको लागि आजको खेल प्रतिष्ठाको मात्र हुने छ । केहिबेरमा नेपालले जवाफि व्याटिङ गर्ने छ ।

Acc Emerging cup

विशेष