खेल

एसीसी इमर्जिङ कप: नेपाल ७ विकेटले विजयी

एसीसी इमर्जिङ कप: नेपाल ७ विकेटले विजयी
चैत्र–१७ । एसीसी इमर्जिङ एसियाकपमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । हङकङका लागि सर्वाधिक ५१ रन अंशुमान राथले बनाए भने क्यारन म्याकुलेसनले ४३ रनको योगदान गरे भने वाकस खानले ३० र सहिद वासिफले २२ रन बनाए । नेपालको लागि अविनाश कर्णले ३ विकेट लिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, सुसर भारी र भुवन कार्कीले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए । त्यस्तै जवाफि ब्याटिङमा आएको नेपालले ४४.२ ओभरमा ३ विकेटको क्षतिमा २१५ रनको लक्ष्य भेटाएको हो । नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रन बनाए भने दीपन्द्र सिंह ऐरीले ६० र शरद भेषवाकरले ५५ रन बनाए । हङकङको लागि सुब्रयमन्यानले २ विकेट लिए भने निजाकट खानले १ विकेट लिए । यो प्रतियोगिता दुवै टिमको लागि प्रतिष्ठाको खेल मात्र रहेको हो । यसअघि दुवै टोली पाकिस्तान र बंगलादेशसँग पराजित भएर प्रतियोगिताको अघिल्लो चरणबाट बाहिरिसकेका छन् ।

एसीसी इमर्जिङ कप नेपाल हङकङ

विशेष