खुल्ला ठाउँमा दिसा गर्ने १७ जना पक्राउ

चैत्र–१७ । खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटोमा दिसा गर्नेलाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए । वडा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुल्ला ठाउँ
दिसा
धनुषा
पक्राउ