प्रवास

साउदीमा आममाफी पाएकालाई स्वदेश फर्काउन सरकारले शिविर सञ्चालन गर्ने

साउदीमा आममाफी पाएकालाई स्वदेश फर्काउन सरकारले शिविर सञ्चालन गर्ने
चैत्र–१७ । अवैधानिक रुपमा लामो समयदेखि साउदी अरवमा बस्दै आएका नेपालीलाई घर फिर्तीका लागि सरकारले शिविर सञ्चालन गर्ने भएको छ । साउदी सरकारले मार्च २९ (चैत्र १६ गते)देखि ९० दिनभित्र गैरकानुनी रुपमा बस्दै आएका नेपालीलाई आममाफी दिइ देश फर्कन अवसर दिएको थियो । सरकारले आममाफी पाएका नेपालीहरुलाई स्वदेश फर्कानका लागि नेपालीहरुको बाहुल्य रहेको क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न लागेको हो । उक्त घुम्ति शिविरमा नेपालको क्षेत्रमा काम गर्दै आएका साउदीमा रहेका करिव ३० संघ–संस्थाले सहयोग गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ । शिविरका लागि राहदानी विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, प्रधानमन्त्री कार्यालयलगायतका सम्बन्धित कार्यालयका कर्मचारी साउदी जानेछन् । अवैधानिक रुपमा बस्दै आएका नेपाली घर फर्किन चाहेमा साउदीस्थित नेपाली दूतावासमा सिधै सम्पर्क गर्ने सक्ने छन् । वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायहरु श्रम विभाग, परराष्ट्रमन्त्रालय, अध्यागमन विभागमा इमेलमार्फत पनि सम्पर्क गर्न सक्ने छन् । त्यस्तै, सरकारले स्वदेश फर्कन चाहनेहरुलाई हेल्लो सरकारमा टेलिफोनमार्फत गुनासो टिपाउने छुट्टै व्यवस्थासमेत गरेको छ ।  

आममाफी शिविर सञ्चालन सरकार साउदी

विशेष