समाज

धामी-झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

धामी-झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु
चैत्र - १७ । समयमै स्वस्थ्य संस्था नजाँदा विहीबार पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ। सुत्केरी व्यथा लागेको तीनरचार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो। उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले बताए। गर्भावस्थामा हुने ‘इक्लाम्प्सिया’ को कारणले आमाको मृत्यु भएको अहेव डाँगीले जानकारी दिए। 'समयमै बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याएको भए बचाउन सकिन्थ्यो'– उनले भने। जिल्लाका सबै स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को सुविधा रहेको तथा जिल्ला अस्पतालमा समेत शल्यक्रिया सेवा उपलव्ध भए पनि चालू आवमा दुई गर्भवतीको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ।

मृत्यु

विशेष