नयाँ शक्तिले गर्ने खर्च कहाँबाट आउँछ ? मैले थाहा पाउन सकिनँ (भिडियोसहित)
चैत १८ । नयाँ शक्ति पार्टीले हालै चुनावको पक्षमा रहेर विज्ञप्ति निकाल्ने आफ्ना चार केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले चुनाव स्थगनको माग गर्दै केही समय अघि एक संयुक्त विज्ञप्ति जारी गरेका थिए । विज्ञप्ति जारी भएपछि सो निर्णयमा असहमति जनाउँदै नयाँ शक्तिका केही नेताहरुले चुनाव बिथोल्ने निर्णयविरुद्ध काउन्टर विज्ञप्ति जारी गरे ।
त्यसपछि नयाँ शक्तिले उनीहरुलाई पार्टीबाटै निष्कासित गर्यो । यसरी निष्कासनमा पर्ने मध्यका एक युवा नेता थिए, हरिराम रिमाल । रिमालले नयाँ शक्तिलाई कसरी बुझेका छन् त ? प्रस्तुत छ उनीसँग भएको कुराकानीको सम्पादित अंश ।
चुनाव बिथोल्न हुँदैन भन्दा हामीलाई पार्टीबाट निष्कासित गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध छ । यसले हामीले भनेको उन्नत लोकतान्त्रिक विधीलाई स्थापित गर्नेतर्फ लैजाँदैन । हामी आफैँले लोकतान्त्रिक विधीलाई स्थापित गर्न नसकेर जनतालाई यस विधी सिकाउने कुरा हाँस्यास्पद लाग्छ ।
बाबुराम भट्टराई हाम्रो पुस्ताले पनि र सबैले आशा गरेका नेता हुनुहुन्थ्यो म उहँँलाई निरपेक्ष रुपमा आलोचना गर्ने पक्षमा छैन । निरपेक्ष रुपमा समर्थन गर्ने पक्षमा पनि छैन । पार्टीमा हुँदा पनि म आलोचनात्मक रुपमै रहेँ । हिजो उहाँलाई जति गाली गरेपपनि उहाँको लागि अहिलेको वैकल्पिक राजनीति एक सुखद अवसर थियो ।
नयाँ शक्ति पार्टीको एउटा सिद्धान्त हो सुशासन । त्यसमा भ्रष्टाचारको अन्त्य गर्ने कार्य पनि पर्छ । जनतालाई सुशासन दिनका लागि हामी आफू पहिला सुशाशित हुनुपर्छ । त्यो सुशाशन नयाँ शक्तिमा छैन । नाम नयाँ राख्ने बित्तिकै पार्टी नयाँ हुँदैन । यहाँ पुरानै ढाँचा र शैली देखिन्छ ।
नेपालमा पार्टीहरु फुट्ने जस्ता गतिविधिहरु कुनै न कुनै हिसावले आर्थिक रुपमा संलग्न छन् । बाबुराम भटराईले पनि माओवादी पार्टी परित्याग गर्दा सबैभन्दा उठाउनुभएको कुरा आर्थिक नै हो । पार्टीमा आर्थिक गतिविधिबारे पारदर्शिताको कुरा हामीले उठाउँदै आएका छौँ । नयाँ शक्तिमा आर्थिक स्रोत कहाँबाट आउँछ भन्ने कुरा गोप्य नै छ । मेरो तहसम्म त्यस्ता आधिकारिक सूचना आइसकेको छैन । पार्टीको धेरै ऋण छ भन्ने सुनेको छु मैले । तर मैले पार्टीमा अहिलेसम्म एक पैसा लिएको छैन ।
अहिलेको सांगठनिक विधिले नयाँ शक्तिलाई धेरै परसम्म लैजादैन । विघटन नै नहोला तर यो कुनै न कुनै अर्को पार्टीमा गएर मर्ज हुन्छ । नयाँ शक्ति वैकल्पिक शक्तिको रुपमा रहँदैन । यहाँ सारा कमिटी प्यारालाइज्ड भएका छन् । कसैले एउटा ठीक निर्णय लिन सक्दैनन । वडा कमिटीमा केही भयो भने सिधैँ बाबुरामसँग कुरा गर्छु भनेर आइपुग्छन् ।
पार्टीमा संक्रमणकालिन अवस्था छ । यदि बाबुराम भटराई पार्टीमा रहेनन् भने पार्टी नै रहन सक्दैनन् ।
गोर्खाको सामान्य गाउँबाट आएका बाबुराम आज यो स्तरसम्म आउनलाई काठमाडौंमा हुर्किनुभएकी हिसिला यमीको ठूलै सहयोग मिल्यो होला भन्ने अनुमान गर्न सक्छु ।
नयाँ शाक्ति पार्टी वैकल्पिक राजनीतिको घेराभित्र नै छैन । यो आफैं स्थापित हुन सक्ने कुनै लक्षण देख्दिन ।
शक्तिको केन्द्रिकरण, नयाँ शक्ति नै बाबुरम भटराई र बाबुराम भटराई नै नयाँ शक्ति भन्ने भएको छ । सामूहिक निर्णय गर्न नसक्नु, विधानको सबैधन्दा धेरै उल्लंघन नेतृत्व तहबाटै हुनु, नियमावली ल्याउन हिच्किचाइ गर्नु, सांगठनिक संरचनामा अधिकार प्रत्यायोजन नगरिनु नै यसका अवगुणहरु हुन् ।
म बाबुराम भटराईको अनुहार हेरेर नयाँ शक्तिमा गएको थिइनँ । यो पार्टीको आधारतत्वलाई राम्ररी अध्ययन गरेँ । यो पार्टीको विधान र दस्तावेजलाई अध्ययन गरेर आएको हुँ तर पार्टीभित्र सबै मान्छे बाबुरामजीको अनुहार हेरेर आउनुभएको छ । उहाँहरुलाई दस्तावेजबारे खासै चासो र जानकारी छैन ।
अरुलाई बाबुरामजी पार्टीमा हुञ्जेल समस्या नहोला । तर, हामीलाई पार्टीका विधान र दस्ताबेज भैंसीलाई बासुरी बजाएजस्तो भयो । हामीले राम्रो दस्तावेज बनायौँ तर त्यसलाई विकास गर्न सांगठनिक प्रणाली बनाउन सकेनौँ ।
बाबुराम जीमा सांगठनिक ज्ञान एकदमै कमजोर छ । उहाँको एक वर्षको भाषण नियाल्ने हो भने त्यसमा नयाँ कुरा खासै केही पनि छैन । उहाँले एउटै कुरा लगातार दोहोराउनु भएको छ । किनभने उहाँ जनानकार हुनुहुन्न । उहाँको व्यस्तता तीव्र छ ।
baburam bhattarai hariram rimal naya shakti कुरा: युवाको हरिराम रिमाल