स्वास्थ्य

सरकारी अस्पतालमा ट्युमरको सफल शल्यक्रिया

सरकारी अस्पतालमा ट्युमरको सफल शल्यक्रिया
चैत्र–१८ । भरतपुर सरकारी अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौलको ट्युमर शल्यक्रियामार्फत निकालिएको हो । अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा.सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुई वर्ष अघिदेखि उनको मुखमा मासु पलाउँदै आएको थियो । मासुको परीक्षण (बायोप्सी) गरेपछि ‘ओसीफाइ फाइब्रोमा’ भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा.यादवले बताए । रम्वेलको दोस्रो पटक शल्यक्रिया गरेर पहिलाको अवस्थामा ल्याइने डा.यादवले उल्लेख गर्दै उपचारमा ढिलाइ भए क्यान्सर समेत हुने जानकारी दिए । गरिबीका कारण उपचार गराउन नसकेकाले भरतपुर अस्पतालमा आएपछि अस्पतालले उनको निःशुल्क उपचार गरेको हो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित नहोस् भनेर सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।  

ट्युमर भरतपुर शल्यक्रिया सरकारी अस्पताल

विशेष