समाज

शिलन्यास भएको दुर्इ महिनापछि हुलाकी सडकको काम सुरु

शिलन्यास भएको दुर्इ महिनापछि हुलाकी सडकको काम सुरु
चैत्र–१८ । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले करिब दुई महिनाअघि शिलान्याश गरेका कञ्चनपुरको डोकेबजार – बेलौरी हुलाकी सडक मार्गको काम बल्ल सुरु भएको छ । भारत सरकारको सहयोगमा निर्माणकार्य सुरु गर्ने भनिएकामा उक्त सडक खण्डमा पछिल्लो पटक भारत सरकारले निर्माण नगर्ने जनाएपछि नेपाल सरकारले निर्माण गर्न लागेको हो । कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्म १९ किलोमिटर सडक खण्डमा रहेका पुराना हिममपाइप हटाएर कल्भर्ट हाल्ने काम तीव्रगतिमा भइरहेको छ । उक्त सडक खण्ड निर्माणको ठेक्का शर्मा र राजेन्द्र जेबी कम्पनीले पाएको छ। सो सडकका लागि ३६ करोड ४७ लाख छुट्याइएको छ । सडकको चौडाइ सात मिटर पक्की र दुबैतर्फ अढाइ मिटरको वेश रहने निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले जानकारी दिए । गत फागुनमा सम्झौता गरिएको सडकको निर्माण कार्य २०७६ भदौमा सम्पन्न हुने इन्जिनियर भट्टले बताए ।

कञ्चनपुर शिलन्यास हुलाकी सडक

विशेष