समाज

जनकपुरको सट्टा जनकपुरधाम प्रयोगका लागि घरदैलो अभियान गरिने

जनकपुरको सट्टा जनकपुरधाम प्रयोगका लागि घरदैलो अभियान गरिने
चैत्र–१८ । जनकपुरको सट्टा अनिवार्यरूपमा जनकपुरधाम लेख्ने परिपाटी बसाउन घरदैलो अभियान सञ्चालन गरिने भएको छ । प्राचीनकालदेखिनै जनकपुरधाम नामले प्रख्यात रहेकोमा केही वर्षदेखि प्रशासनिक, व्यवसायिक, सरकारी र गैर सरकारी प्रतिष्ठान र विद्यालयले जनकपुर लेख्ने गर्दौएका कारण यसको पहिचानमाथि नै प्रहार भइरहेको भन्दै गौ संरक्षण मञ्च नामक संस्थाले सो अभियान सञ्चालन गर्न लागेको हो । विस २०२३ भदौ १३ गते प्रकाशित राजपत्रमा ‘जनकपुर नगरपञ्चायत क्षेत्र भित्रको इलाकालाई अब उपरान्त जनकपुरको सट्टा जनकपुरधाम नामाकरण गर्ने’ भनिएकाले त्यसपछि जनकपुरधाम लेखन गरिँदै आएकामा केही वर्षदेखि सरकारी निकायबाटै जनकपुर लेख्ने क्रम बढेको र सोको नकारात्मक प्रभाव अन्य क्षेत्रमा समेत परेको मञ्चद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । मञ्चका अध्यक्ष जगदिश महासेठले संस्थाले यसबारेमा जिल्ला प्रशासन कार्यालयलाई राजपत्रमा उल्लेख भएको सरकारी निर्णयलाई सबै निकायमा कार्यान्वयनका लागि ज्ञापनपत्र मार्फत आग्रह गराउँदा कुनै पहल नभएकाले संस्थाले यसलाई अभियानका रूपमा सञ्चालन गर्न लागेको बताए । जनकपुर लेख्ने चलनले संस्कृति र संस्कार विगार्ने कार्य भइरहेको छ भन्दै जनकपरधामको संस्कृति रक्षाको आग्रहमूलक अभियानका रूपमा घर, विद्यालय, महाविद्यालय, कलाकार, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानमा समेत जनकपुरधाम लेख्न आग्रह गरिने बताइएको छ।

घरदैलो अभियान जनकपुर जनकपुरधाम

विशेष