समाज

कर्णालीमा पौडी खेल्दा दुई बेपत्ता

कर्णालीमा पौडी खेल्दा दुई बेपत्ता
चैत्र–१८ । कालीकोट जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् । प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् । बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए ।

कर्णाली कालीकोट पौडी बेपत्ता

विशेष