समाज

बालिका बलात्कार गर्नेलाई १४ वर्ष कैद

बालिका बलात्कार गर्नेलाई १४ वर्ष कैद

चैत्र–१८ । नौ वर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले शुक्रबार १४ वर्षको कैदको फैसला गरेको छ । याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सो फैसला गरेको हो ।

विश्वकर्माको जायजेथा केही नदेखिएकाले रु ७५ हजार पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार गोपाल थापाले जानकारी दिए । त्यस्तै पीडित बालिकाको आर्थिक अवस्थासमेत नाजुक रहेकाले शिक्षादीक्षाका लागि जिल्ला बालकल्याण समितिलाई व्यवस्था गर्न आदेश दिइएको छ । रासस

कैद ताप्लेजुङ बलात्कार बालिका

विशेष