
चैत्र–१९ । मायामी ओपन टेनिसको उपाधिका लागि विश्व नम्बर ६ का रोजर फेडेरर र सातौं बरियताका राफेल नाडाल प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिबार बिहान भएको सेमिफाइनलमा स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै सातौं बरियताका नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।
मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट हुनेछ । गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर फेडेरर उपाधि जितेका थिए । फेडेररले १८ वटा ग्राण्डस्लामको उपाधि जितेका छन् । यता नाडालले भने १४ वटा ग्राण्डस्लामको उपाधि जितेका छन् ।
फाइनल खेल आइतबार बिहान हुनेछ ।
फाइनल
मायामी ओपन टेनिस
राफेल नाडाल
रोजर फेडेरर