मनोरञ्जन

के गर्दै छन् अनमोल आजभोली ?

के गर्दै छन् अनमोल आजभोली ?
चैत १९ । यतिबेलाका चर्चित चकलेटी नयक अनमोल केसी मिडियबाट विलकुल टाढा छन् । कलाकारहरुको मिडियमा आइरहनुपर्ने बानी हुन्छ । विशेषगरि उनीहरुको कुनै पनि फिल्म आउँदा उनीहरु मिडियाम बढि सक्रिय देखिन्छन् । तर नायक अनमोल केसी भने एकान्तबासमा गएका छन् । अनमाोललाई यतिबेला मिडियामा नदेख्दा उनक दर्शकको हुटहुटी बढेको छ । केही समयअघि उनले एक फिल्मको लागि करिब २० लाख पाारिश्रामिक लिएका भन्ने खबरले मिडियामा सनसनी नै मच्चिएको थियो । हो, त्यही भारी पारिश्रमिक लिएको फिल्म ‘कृ’ का लागि उनी एकन्तबासमा पुगेका हुन् । उक्त फिल्मले गर्दा उनलाई अन्य फिल्ममा साइन गर्न त के विज्ञापन गर्न, सवर्जजनिक समारोहमा धेरै जान, त्यहाँ गएर फोटो खिचाउन मनाही छ । त्यसकारण उनी मिडियालाई समय दिन सकिरहेका छैनन् । यतिबेला नेपाली फिल्मजगतका आशाालाग्दा नायकक रुपमा स्थाापित भएका अनमाोलमाथि धेरैले आशा गरेका छन् । तर, उनीमाथि अभिनय गर्न नजान्ने ट्याग भने हटिसकेको छैन । सायद यही ट्यागलाई अनमोलले फिल्म ‘कृ’ बाट हटाउन सफल हुनेछन् । त्यसकारण पनि उक्त फिल्म अनमेलको लागि ठूलै अवसर र चुनौती बनेर खडा बनेको छ । अनमोलको लुक्सबाटै मात्र फिल्म बिक्ने भन्ने हल्लाालाई कतिसम्म सुधार्छन् त्यो त फिल्म रिलिज पछि मात्र थाहा हुन्छ । फिल्ममा अनमोल अभिन्न लुक्समा देखिदैँ छन् । फिल्मको लागि शारीरिक रुपमा पनि विकास गर्नका लागि उनी अभ्यस गरिरहेका छन् । फुर्सदमा गीत सुन्ने र किताब पढ्दै उनी अहिले आफ्नो अधिकांश समय घरमै बिताउने गर्छन् । यसका साथै उनी एकान्त स्थाानमा बस्न रुचाउने गर्छन् । अन्य कलाकार भन्दा उनी भिडभाडमा हिँड्न त्यती रुचाउँदैनन् ।

Anmol KC

विशेष