समाज

सशस्त्र प्रहरीद्धारा जाजरकोटमा उद्धार सम्बन्धि तालिम

सशस्त्र प्रहरीद्धारा जाजरकोटमा उद्धार सम्बन्धि तालिम
जाजरकोट, १९ चैत्र । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारको प्राविधिक सहयोगमा जिल्ला सदरमुकाम खलंगामा सनिवार देखि समुदायमा आधारित हलुका खोज तथा उद्धार सम्बन्धिको तीन दिने तालिम सञ्चालन गरिएको छ । प्राकृतिक तथा मानव श्रृजीत विपद्मा समुदाय स्तरमै प्रतिकार्य गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्न हलुका खोज तथा उद्धार सम्बन्धि तालिम सञ्चालन गरिएको हो ।   सामुदायिक बिकास कार्यक्रमको आयोजनामा सञ्चालित समुदायमा आधारित हलुका खोज तथा उद्धार सम्बन्धिको तालिम दुई चरणमा सञ्चालन गरिने सामुदायिक विकास कार्यक्रम जाजरकोटका विपद् जोखिम अधिकृत भुवन बरालले जानकारी दिए । पहिलो चरणको तालिम यहि १९ गते देखि २१ गते सम्म चलाईने छ भने, दोश्रो चरणको तालिम २२ गते देखि २४ गते सम्म चलाईने छ अधिकृत बरालले भने–“साविकको कार्कीगाउँ, रोकागाउँ र नायकबाडाँ गाविसवाट दुई चरणमा ३६ जनालाई तालिम दिईने छ ।” तीन दिन सम्म सञ्चालन गरिने तालिममा भुकम्प, बाढीपैरो, आगलागी, महामारी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप जस्ता विपद् ब्यबस्थापन गर्न र प्रतिकार्यका लागि सरल खोज तथा उद्धार, डोरीको प्रयोग, घाईतेको ओसार पसार जस्ता बिषयमा आफुले तालिम दिने सशस्त्र प्रहरी निरिक्षक जगदिश चन्द्र हमालले वताए । तीन महिने तालिमको कोर्षलाई तीन दिन भित्रै भ्याउनलाई तालिमलाई सैद्धान्तिक बनाउनु भन्दा पनि प्रयोगात्मक विधिवाट तालिमलाई अगाढी बढाउने तालिमका प्रशिक्षक समेत रहेका सशस्त्र प्रहरी निरिक्षक हमालले जानकारी दिए । विपद् ब्यबस्थापनका क्षेत्रमा जिल्लामा विभिन्न संघ-संस्थाहरुले काम गरिरहेको वताउदै नेपाल सरकारको आधिकारी निकायका रुपमा रहेको सशस्त्र प्रहरी बलद्धारा दिईन खोज तथा उद्धार सम्बन्धिको तालिम निकै महत्वपुर्ण हुने नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री हरी बस्नेतले वताए । तालिमवाट हाशिल गरेको ज्ञानलाई जीवन ब्यबहारमा लागु गर्नु मन्त्री बस्नेतले आग्रह गरे । विगत केही समय पहिले देखि जिल्लाका १० वटा गाविसमा स्थानिय शासन, जिविको पार्जन, पूर्वाधार र विपद जोखिम न्युनिकरणका क्षेत्रमा सामुदायिक बिकास कार्यक्रमले काम गर्दै आएको बताउदै, जिल्ला दैविक उद्धार समितिले तोकेका गाविस कार्कीगाउँ, नायकबाडाँ र रोकायगाउँलाई कार्यक्षेत्र बनाएर विपद जोखिम न्युनिकरणको काम गरिरहेको जिल्ला संयोजक काँशीराम कार्कीले वताए । विभिन्न खाले प्रकोप र सड्क दुर्घटनाले निकै चर्चामा रहेको जाजरकोटमा सशस्त्र प्रहरी बलद्धारा दिएको समुदायमा आधारित हलुका खोज तथा उद्धार सम्बन्धिको तालिम निकै महत्वपूर्ण हुने संयोजक कार्कीको तर्क छ । औपचारीक कार्यक्रमको आयोजना गरेर सनिवार देखि तालिमको सुरुवात गरिएको हो । -दीपबहादुर घर्ती

जाजरकोट तालिम सशस्त्र प्रहरी

विशेष