मनोरञ्जन

निर्देशनमा लहसिएकी नायिका : झरना थापा

निर्देशनमा लहसिएकी नायिका : झरना थापा

चैत्र २० । उमेर ढल्कदै गएपछि अक्सर हिरोइनहरु निर्माणमा होमिन्छन् । सहायक भूमिकामा भए पनि आफू खेल्छन् । निर्देशनको कमाण्ड सम्हाल्ने साहसचाहिँ ज्यादै थोरै हिरोइनमा मात्र हुन्छ । त्यस्तै आँट देखाएकी छन् झरना थापाले ।

कुनै समय आफैले खेलेको फिल्म ए मेरो हजुरको सिक्वेल निर्देशन गरिकी हुन उनले । यो फिल्म पोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ । महिला निर्देशकको खडेरी भोगिरहेको नेपाली फिल्मवृतमा झरनाको आगमानलाई महत्वका साथ हेरिएको छ ।

तथापि, उनका सामु चुनौतीको चाङ नभको होइन । कारण, एकतिर लुट २ बाहेक कुनै सिक्वेलले पैसा कमाउन सकेनन् अर्कातिर यसअघि महिला निर्देशकका कुनै फिल्मले पनि कमाल मच्चउन सकेको छैन ।

त्यसमाथि पुरानो पुस्ताकी यी नायिकाले नयाँ पुस्ताका लक्षित गर्दै फिल्म बनाइकी छन् । नेपाल

Jhararna Thapa

विशेष