खेल

युनाइटेड बराबरीमा रोकियो, शीर्ष चारको यात्रामा धक्का

युनाइटेड बराबरीमा रोकियो, शीर्ष चारको यात्रामा धक्का
चैत्र–२० । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रोम गोलरहित बराबरी गोलमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युनाइटेड बराबरीमा रोकिएसँगै शीर्ष चारमा पर्ने यात्रामा धक्का लागेको छ । युनाइटेड यो सिजनमा अहिलेसम्म ११ खेलमा बराबरीमा रोकिएको छ । यद्यपि आफ्नो अपराजित यात्रा भने १९ खेलमा पुर्याएको छ । पाँचौ स्थानमा रहेको युनाइटेडको २८ खेलबाट ५३ अंक छ । चौथो स्थानको म्यानचेस्टर सिटीको युनाइटेडको भन्दा चार अंक बढी छ ।

इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोम

विशेष