कहिले गर्भवतीको खिल्ली उडाएर त कहिले नर्सको, यस्ता छन् कपिलका विवादित फन्डाहरु

चैत २० । भारतका चर्चित कमेडियन कपिल शर्माको आज आइतबार ३६ औँ जन्मदिन हो । यतिबेला उनी आफ्नो शोको सदस्य सुनिल ग्रोभरसँगको विवादका कारण चर्चामा छाइरहेका छन् । कपिलले यो भन्दा पहिला पनि रक्सी खाएर बबाल मच्चाइसकेका छन् । कपिल फसेका विवादित फन्डाहरु यस्ता छन् ।
रक्सीको मातको विवाद — कपिललाई यो भन्दा पनि पहिला रक्सी खाएर एक स्टारसँग झगडा गरेको आरोप पनि लागिसकेको छ । एक चर्चित भारतीय मिडियाअनुसार, एक इभेन्टमा कपिलले खुब रक्सी पिएका थिए । त्यसपछि उनले आफ्नो कन्ट्रोल गुमाए र मोनाली ठाकुर, तनिषा मुखर्जी र अन्य महिला गेस्टसँग पनि दुव्र्यवहार गरे । यसका साथै उनले उनकी कथित पूर्व प्रेमिका प्रिती सिमोसँग पनि दुव्र्यवहार गरेका थिए । तर, पछि उनले यो सबै खबरलाई झूटको संज्ञा दिए । कलर्ससँगको विवाद —कपिलको सो ‘कमेडि नाइट्स वीथ कपील’ अफ एयर हुनु भन्दा पहिला धेरै विवादमा परेको थियो । त्यहीबेला उक्त च्यानल र कपिललाई खुब उडाइएको थियो । धेरै नै विवाद भएपछि कपिलले सो नै बन्द गरे र आफू पनि उक्त च्यानलबाटै अलग भए । अहिले पनि कलर्स च्यानल र कपिल एकअर्कालाई दोस लगाउने गर्छन् । कपिल भन्छन् की उक्त च्यायनलले उनको सोको कन्सेप्टमा अर्को सो ‘कमेडि नाइट्स बचाओ’ सुरु गरेर उनलाई आफ्नो सो बन्द गर्न बाध्य बनायो । तर, सोनी च्याानल भने कपिलले आफ्नो स्टारडम सम्हाल्न नसेको आरोप लगाउँदै आएको छ ।
सनी लियोनीलाई सोमा बोलाउन नमान्नु — सन् २०१४ मा कपिलले सनी लियोनीलाई आफ्नाो सोमा बोलाउन यसकारण मानेनन् किनभने उनी पोर्न स्टार भइसकेकी थिइन् । सनी त्यतिबेला कपिलको सोमा आफ्नो फिल्म ‘ज्यााकपट’ को प्रचार गर्न चाहन्थिन् । तर कपिल सनीलाई सोमा ल्याउन राजी भएनन् । तर, फिल्म ‘एक पहेली लीला’ को लागि भने सनी उक्त सोमा देखिएकी थिइन् ।
हैरान भएर सुनिल ग्रोभरले सो छोडेका थिए — सन् २०१३ मा सुनिल ग्रोभरले ‘कमेडी नाइट्स वीथ कपिल’ छोडेका थिए । सुनिलसँग प्रोडुसर रकपिलको केही कुरामा विवाद परेको थियो । त्यस समय कपिलले सुनिललाई आाफ्नो साथी भनेर विवादलाई पूर्णविराम लगाएका थिए । सुनिलले भने उक्त हल्लालाई चिर्दै उनले आफ्नो कन्ट्राक्ट पूरा भएर सो छोडेको बताएका थिए । तर जुलाई २०१४ मा सुनिलले फेरी उक्त सो मा कमब्याक गरेका थिए ।
गर्भवती महिलाको खिल्ली उडाए — कपिलले आफ्नाो सोको एक एपिसोडमा गर्भवती महिलाको खिल्ली उडाएका थिए । त्यसपछि कैयौँ महिलाले यसको विरोध गरेका थिए । विरोध पछि कपिललाई त्यसको लागि क्षमा माग्न पनि लगाइएको थियो ।
नर्सको मजाक — कपिलले आाफ्नो सोमा नर्सको पनि मजाक उडाएका थिए । केही संस्थाले उनलाई आरोप लगाएर माफी माग्न पनि भनेका थिए । दर्शकको हसाउनको लागि त्यसो गरेपनि नर्सहरुलाई उक्त कन्सेप्ट अपमानजनक लागेको थियो । –एजेन्सी कपिल शर्मा विवादित फन्डा