खेल

इटहरीमा यू–१९ क्रिकेट प्रतियोगिता हुने

इटहरीमा यू–१९ क्रिकेट प्रतियोगिता हुने
चैत्र–२० । इटहरीको डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ गतेसम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएको छ । प्रिमियर लिगमा ६ वटा टिमको सहभागिता रहने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको क्रिकेट टिमको सहभागिता रहनेछ । समूह ‘क’ मा पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल तथा समूह ‘ख’मा मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल र इटहरी क्रिकेट एकेडेमी रहेका छन् । प्रतियोगिताको विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार, सर्वोत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु दुई/दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।

इटहरी क्रिकेट यू–१९

विशेष