झापा ११ तेस्रो माई भ्याली कपको सेमिफाइनलमा प्रवेश

चैत्र–२० । डिफेन्डिङ च्याम्पियन झापा ११ इलाममा जारी तेस्रो माई भ्याली कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको हो । प्रतियोगिताको अन्तिम सेमिफाइनल भोली मनाङ मस्र्याङ्दी क्लब र नेपाल प्रहरीबीच प्रतिष्पर्धा हुनेछ ।
दुई भारतीय टिम, तीन नेपाली विभागीय टोली सहित १० टिमको सहभागिता रहेको खेलको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैया“ प्राप्त गर्नेछ ।
झापा ११
तेस्रो माई भ्याली कप
सेमिफाइनल