खेल

भलिबल च्याम्पियनसिपका लागि प्रयोजन सम्बन्धमा सम्झौता

भलिबल च्याम्पियनसिपका लागि प्रयोजन सम्बन्धमा सम्झौता
चैत्र–२० । चैत्रकाे अन्तिम साता हुने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपका लागि प्रयोजन सम्बन्धमा सम्झौता भएको छ । आइतबार नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबीच २ वर्षको लागि मुख्य प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका अध्यक्ष रवीन्द्र प्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकले संघलाई नगद १० लाख रूपैयाँ उपलब्ध गराउने छ । प्रायोजन सँगै यही चैत २९ देखि वैशाख ४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा चल्ने भलिबल लिगमा राष्ट्रिय वणिज्य बैंक मुख्य प्रायोजक रहनेछ । त्यस्तै प्रतियोगिताको नाम आरआरबी एनभिए राष्ट्रिय लिग रहनेछ । नेपाली भलिबलमा ईतिहासमा यो पहिलो मुख्य प्रायोजन समेत हो । लिगमा गत भदौमा सम्पन्न तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा परेका उत्कृष्ट पुरूष र महिला टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरूषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुवैतर्फको लिगको विजेताले २ लाख रुपैयाँ, दोस्रोले १ लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैया“ र चौथोले २५ हजार रुपैयाँ पाउने छन् ।

प्रयोजन सम्बन्ध भलिबल च्याम्पियनसिप सम्झौता

विशेष