कभर स्टोरी भिडियो

दूनियाँले निर्मम प्रहार गरे, अन्तिममा मोहन रेग्मीले नै दिए कञ्चनलाई ११ लाख (भिडियोसहित)

दूनियाँले निर्मम प्रहार गरे, अन्तिममा मोहन रेग्मीले नै दिए कञ्चनलाई ११ लाख (भिडियोसहित)

बहुचर्चित ‘कञ्चन शर्मा भर्सेस मोहन रेग्मी’ प्रकरण पारिवारिक मिलेमतोमा टुंिगएको छ । कञ्चन रेग्मीको पूर्वपती मोहन रेग्मीले ११ लाख रुपैयाँ कञ्चनको जीवन सुरुक्षाको लागि भन्दै हस्तान्तरण गरेपछि यो प्रकरण टुगिएको हो । पाँच वर्ष अघि नै सम्बन्ध विच्छेद भइसकेको भए पनि कञ्चनका पूर्वपति मोहन रेग्मीले ‘मानवताको नाता’ भन्दै ११ लाख रुपैयाँ आज आइतबार घट्टेकुलोस्थित पत्रकार मञ्चको कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरे । रकम लिन कञ्चन शर्माकी आमा छत्रछाया न्यौपाने उपस्थित भएकी थिईन् ।
कार्यक्रममा रेग्मीले कञ्चनकी जेठी दिदी निर्मला पोख्रेल, माइली दिदी सरला मुडवरी, कञ्चनका दाई पर्ने मोहन चापागाईं लगायतकालाई साक्षी राखेर ११ लाख रकम हस्तान्तरण गरे ।
‘गल्ती दुबै पक्षबाट भएको थियो, आरोप मलाई मात्र लगाइयो । अचानोको चोट खुकुरीले बुझ्दैन् । मलाई मिडीयाबाट सुरुमा एकतर्फी हमला भयो । बच्चाहरुलाई मानसिक तनाव भयो ।’ रेग्मीले भने–‘पछि सत्यता बुझेपछि मिडीयाहरुबाट साथ मिल्यो । यत्ति भन्छु एउटाले गरेको गल्तीको सजाय सबैले भोग्नु नपरोस् । यस्ता घटना अरु कसैको परिवारमा नदोहोरियोस् ।’
उनले कुरा पहिल्लै नै टुंिगएको भएपनि मानवताको नाताले पैसा दिएको बताएका छन् । कञ्चनको परिवारका सदस्यहरु र आफुहरुको सहमतीमा रकम हस्तान्तरण भएकाले यो विषयलाई अन्यथा नलग्न आग्रह समेत गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा समाजेवी दिक्षा चाँपागाई र कञ्चन उपस्थित भएकी थिइनन् । केही पत्रकार र वकिलहरुको सहभागी भएको कार्यक्रममा कञ्चनी आमा छत्रछायाले रकम बुझेकी हुन् । सागर बुढाथोकी

dikshya chapagain Kanchan Sharma mohan regmi

विशेष