मनोरञ्जन

एक दर्जन बच्चाकी आमा बन्दै दीपिका !

एक दर्जन बच्चाकी आमा बन्दै दीपिका !

 चैत्र २१ । दीपिका पादुकोण बलिउडकी अविवाहित नायिका हुन् । तर उनलाई विवाह नगर्दै छ जन्माउन हतार परेको रहेछ । त्यो पनि एउटा वा दुईवटा होइन, एक दर्जन ।

हालै एक अन्तरवार्तामा उनले यो खुलासा गरेकी हुन् । अन्तरवार्ताका दौरान एक फ्यानले उनलाई लेखेको पत्र पढेर सुनाइएको थियो । पत्रमा सोधिएको थियो, ‘तपाईंलाई यतिबेला सबैभन्दा बेसी गर्न मन लागेको काम के हो ?’

दीपिका केहीबेर सोचमग्न भइन् । अनि जवाफ दिइन, ‘म बच्चा जन्माउन चाहन्छु । म एक दर्जन बच्चाकी आमा बन्न चाहन्छु ।’

यसअघि दीपिकाले एक अन्तरवार्तामा हलिउड अभिनेता विन डिजलको बच्चाको आमा बन्ने चाहना व्यक्त गरेकी थिइन् ।

dipika padukon

विशेष