समाज

बर्दियामा महिला पत्रकारका लागि पाँचदिने तालिम

बर्दियामा महिला पत्रकारका लागि पाँचदिने तालिम
चैत्र–२१ । महिला पत्रकारको सङ्ख्यात्मक र गुणात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘आधारभूत रेडियो पत्रकारिता’ सम्बन्धी तालिम साेमबार बर्दियामा सुरु भएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चारिका समूह बर्दियाद्वारा आयोजित उक्त पाँचदिने तालिममा जिल्लास्थित एफएमबाट दुई/दुईजना र पत्रिकाबाट एक/एकजना गरी कुल १६ महिला पत्रकारको सहभागीता छन् । तालिममा सञ्चार र आमसञ्चार, पत्रकारिता, रेडियो पत्रकारिता, समाचारका आधारभूत तत्वहरु, रेडियो स्क्रिप्ट, रेडियो पत्रकारिताको भाषाशैली, समाचार सङ्कलन, लेखन र सम्पादन, अन्तर्वार्ता, पत्रकार आचारसंहिता तथा रेडियो उपकरण चलाउन आवश्यक प्राविधिक ज्ञान लगायतका विषयमा प्रशिक्षण दिइने सञ्चारिका समूह बर्दियाका अध्यक्ष पुष्पा चौधरीले बताइन् ।

तालिम बर्दिया महिला पत्रकार

विशेष