समाज

काठमाडौं उपत्यकामा नयाँ वर्षदेखि हर्न बजाउन नपाइने

काठमाडौं उपत्यकामा नयाँ वर्षदेखि हर्न बजाउन नपाइने
चैत्र–२१ । काठमाडौं उपत्यकामा नयाँ वर्षदेखि हर्न बजाउन निषेध गर्ने तयारी गरिएको छ । काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र सरोकारवालाहरुको बैठकले वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन निषेध गरिने नयाँ नियम लगाउने गर्ने निर्णय गरेको हो । ध्वनी प्रदुषण बढेको बन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन् । जथाभावी हर्न बजाएर बजार र बाटोलाई थप कोलाहल बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ निमयम ल्याइएको अधिकारीहरुले बताएका छन् । काठमाडौंको चक्रपथ भित्र पहिलो चरणमा यो नियम लागु गर्ने तयारी गरिएको छ । नियम अटेर गर्नेलाई कडा कारबाही गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ । तर यो नियम सबैतिर सबै अवस्थामा भने लागु हुने छैन । सिधा बाटोमा र अगाडिबाट सवारी साधन देखिने ठाउँमा मात्र हर्न बजाउन निषेध गरिने जनाइएको छ । मोड, कर्नर र अगाडि र विपरीत दिसाबाट आएका सवारी देख्न नसकिने ठाउँमा भने हर्न बजाउन छुट हुनेछ । एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन र दमकलले भने साइरन बजाउन पाउने छन् ।

काठमाडौं उपत्यका निषेध हर्न

विशेष