समाज

आज चैते दशैं, शक्तिस्वरुपा भगवतीको पुजा आराधना गरिँदै

आज चैते दशैं, शक्तिस्वरुपा भगवतीको पुजा आराधना गरिँदै

चैत्र २२ । चैत्रशुक्ल अष्टमी अर्थात् चैतेदशै । आज शक्तिस्वरूपा भगवतीको पूजा आराधना गरिँदैछ । आज बिहान सबेरै उठी स्नान गरी देवीपुराण, दुर्गा सप्तशती(चण्डी)लगायत देवीमाहत्म्य पाठ गर्ने परम्परा छ ।

त्यस्तै पायक पर्ने शक्तिपीठहरूमा देवीको पूजा आराधना गर्ने चलन छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभाभगवती, नक्साल भगवती, मैतीदेवी, संकटालगायतका मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ । यस्तै काभ्रेको पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, बाँकेको वागीश्वरी, गोरखाको मनकामनालगायतका शक्तिपीठ पनि भक्तजनको गन्तव्य बन्ने गर्दछ ।

चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई वासन्ती नवरात्र भनिन्छ । अष्टमी तिथिलाई वैदिक पर्व मानिन्छ । पौराणिक रूपमा पनि देवीको उपासना गर्ने रूपमा अष्टमीको महत्व छ । नवरात्रको अष्टमीलाई झनै विशेष अवसर मानिन्छ ।

नवरात्रमा विशेषगरी शक्तिस्वरूपा भगवती नवदुर्गाको पूजा आराधना गरिन्छ । भगवतीका ९ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ ।

Chaite Dasain

विशेष