मनोरञ्जन

यी हुन् विश्वका तीन आकर्षक महिला

यी हुन् विश्वका तीन आकर्षक महिला
चैत्र २२ । विश्वविख्यात गायिका बियोन्स विश्वको सर्वाधिक सुन्दर सेलिब्रेटीमा दरिएकी छन् । उनलाई पछ्याउँदै बलिउड अभिनेत्री प्रियंका चोपडा सन् २०१७ मा सर्वाधिक सुन्दर महिलाको दोस्रो नम्बरमा पर्न सफल भएकी हुन् । बियोन्स र प्रियंकालाई पछ्याउँदै मोडल टेलर हिल तेस्रो नम्बरमा परेकी छन् । त्यसैगरी चलचित्र ह्यारी पोर्टरकी नायिका एमा वाटसन भने चौथो नम्बरमा पर्न सफल भएकी छन् । कुनै समय हलिउडमा नम्बर वान नायिकामा दरिएकी हलिउडकी प्रसिद्ध अभिनेत्री एन्जेलिना जोली भने यो सूचीको आठौं नम्बरमा सीमित भएकी छन् । सन् २००२ मा तमिल चलचित्र थमिजानबाट पर्दामा डेब्यु गरेकी प्रियंका सानैदेखि इन्जिनियर बन्न चाहन्थिन् । १८ वर्षको उमेरमा मिस वल्र्डको ताज चुमेर ग्ल्यामर क्षेत्रमा आएकी उनको करियरले चलचित्र थमिजानपछि युटर्न लिएको हो । चलचित्रमा आउनुअघि पनि उनले क्रिमिनल साइकोलोजिस्ट बन्ने चाहना पनि राखेकी थिइन् । आर्मीको परिवारमा हुर्केकी उनले बुवा सेवामा रहेका बेला भारतका साथै अमेरिकामा बाल्यकाल बिताएकी थिइन् ।

World Beautiful Woman

विशेष