मनोरञ्जन

साढे २ करोडको लगातमा दया प्रिंकुको ‘ह्याप्पी डेज’,

साढे २ करोडको लगातमा दया प्रिंकुको ‘ह्याप्पी डेज’,

चैत २२ । हिजोआज नेपाली फिल्मका पनि अधिकांश भाग विदेशमा छायांकन हुन थालेका छन् । बेलायतमा छायांकन गरिएको फिल्म ‘ह्याप्पी डेज’ ले टिजर सार्वजनिक गरेको छ ।

फिल्ममा अधिनेत्री प्रियंका कार्की, दयाहाङ राई, सञ्जय गुप्ता, विक्की जोसी, जेनिया लिम्बु आदिको अभिनय रहेको छ । फिल्मलाई पछिल्लो समयको सफल फिल्म ‘वीर विक्रम’ का निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

रोमान्टिक कमेडी जानरामा बनेको उक्त फिल्म नेपालमा मंसिर १५ अर्थात डिसेम्बर १ मा रिलिज हुने बताइएको छ । तर, डायस्पोराका शहरहरु लण्डन, अष्ट्रेलिया र हङकङमा भने अगस्ट १ अर्थात साउन १७ मा प्रिमियरसहित एकसाथ रिलिज हुने बताइएको छ ।

सम्पूर्ण छायांकन बेलायतमै भएको उक्त फिल्मको लगानी साढे दुई करोड रहेको छ । फिल्मलाई चाम्स इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको हो । बेलायती आइडी भएकी एक युवतीलाई प्रेममा पार्न दुई केटाले गरेको संघर्षमा फिल्मको कथा घुमेको छ ।

Happy Days

विशेष