खेल

एसीसी इमर्जिङ कपको उपाधि श्रीलंकालाई

एसीसी इमर्जिङ कपको उपाधि श्रीलंकालाई

चैत्र २२ । एसीसी इमर्जिङ कपको फाइनमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । बंगलादेशको जहुर रंगशालामा सोमबार भएको फाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानल श्रीलंकासामु मध्यम स्तरको स्कोर बनाएको थियो । एकचालिस दशमलब ४ ओभरमा पाकिस्तानले १ सय ३३ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानको २६ रन नै सर्वाधिक स्कोर थियो । त्यस्तै उस्मा मिरले पनि समान २६ रनको स्कोर बनाएका थिए ।

हमाज आज्माले २५ रनको योगदान रहयो भने खुसदिल शाहले २० रन बनाए । जवाफि व्याटिङ गरेको श्रीलंकाले पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टायो । श्रीलंकाका खेलाडी सदिरा ले ४५ रनको योगदान गरे भने वाइदु हसरंगाले २२ रनको योगदान गरे । पाकिस्तानलाई धरासायी बनाउने क्रममा सेन जयसुर्याले ३ विकेट लिए भने करुणारत्ने र सिल्भाले समान २-२ विकेट लिए ।

पकिस्तानका समिन गुलले २ विकेट लिए । दुई समुहमा विभाजिट आठ टिम सहभागी टोलीमा पाकिस्तान आयोजक बंगलादेश, श्रीलंका भारत, अफगानिस्तान, नेपाल हङकङ लगायतका देशको सहभागिता रहेको थियो ।

Emerging Cup

विशेष