स्वास्थ्य

यस्ता छन् काजु खानुका मुख्य ९ फाइदाहरु

यस्ता छन् काजु खानुका मुख्य ९ फाइदाहरु
बढी मुल्य पर्ने काजुका फाइदा पनि बढी मुल्यवान छन् । काजु खानुका केही फाइदाहरु यस प्रकार छन । १) थकान हटाउँछ — काजुलाई ऊर्जाको राम्रो स्रोत पनि मानीन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ । २) अनुहार चम्किलो बनाउँछ — काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । ३) दिमागलाई तेजिलो बनाउँछ — काजुमा एक प्रकारको तेल पाइन्छ , जसमा भिटामिन बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । ४) युरिक एसिड बन्न दिदैन् — काजु खानाले शरीरमा युरीक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् । ५) रक्तचाप नियन्त्रण गर्छ — काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रण अवस्थामा रहन्छ । ६) कोलेस्टोरेल घटाउँछ — हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रण रहन्छ । ७) मुटु बलियो बनाउँछ — काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तवरले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । ८) डायबेटिज नियन्त्रण गर्छ — काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण अवस्थामा रहन्छ । ९) पोषण प्रदान गर्छ — काजुमा कार्बोहाइडे«ट , प्रोटिन , आइरन , जिंक , म्यागनेसियम , कपर , आदि पाइन्छन् । यिनले हड्डी , दाँत आदिलाई बलियो बनाउनका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

kaju

विशेष