मनोरञ्जन

निर्देशक करण जोहर बाबु बनेकाबारे प्रश्न गर्दा काजल फायर

निर्देशक करण जोहर बाबु बनेकाबारे प्रश्न गर्दा काजल फायर
चैत २४ । बलिउडमा असफल मित्रताका उदाहरण धेरै छन् । ती उदाहरणमध्ये काजल र करण जोहरको मित्रता पनि आउँछ । केही समय घनिष्ट साथी रहेका यी दुईको अहिले भने तालमेल राम्रो देखिँदैन । फिल्म ‘कुछ कुछ होता है’ देखि लिएर ‘माइ नेम इज खान’ सम्म आउँदा उनीहरुको सम्बन्ध ठिक थियो । त्यसपछि भने सम्बन्धमा चिसोपना आयो । करणले धेरै पटक आफ्नो सम्बन्धको बारेमा खुलेर बोल्ने गरेका छन् । तर, काजलले भने कहिल्यै यस विषयमा मुख खोल्न मानिनन् । हालै जब एक मिडियाले उनलाई करण जोहरका जुम्ल्याहा बच्चाबारे प्रश्न गर्याे । तब उनले भनिन्, ‘म कुनै पनि निश्चित शिर्षकबारे सोधिएको जवाफ दिन्न ।’ यतीबेला उनी आफ्नो साउथ प्रोजेक्टलाई लिएर निकै उत्साहित छिन् । उक्त प्रोजेक्ट धनुष — सौदर्या रजनीकान्तको भेन्चर हो । एक्सन जानराको उक्त तमिल भेन्चरमा काजलको पनि भूमिका रहनेछ ।

करण जोहर काजल मित्रता

विशेष