खेल

फिफा वरीयता: नेपाललाई भुटानले उछिन्यो, ब्राजिल ६ वर्षपछि शीर्ष स्थानमा

फिफा वरीयता: नेपाललाई भुटानले उछिन्यो, ब्राजिल ६ वर्षपछि शीर्ष स्थानमा
चैत्र–२४ । फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाललाई भुटानले उछिनेको छ । अप्रिल महिनाको लागि जारी गरेको वरीयतामा १७० औं स्थानमा नेपाल यथावत रहँदा भुटानले १३ स्थान सुधार गर्दै १६४ स्थानमा उक्लेको छ । भुटानको १२३ अंक भएको छ भने नेपालको ११२ अंक मात्र छ । त्यस्तै दक्षिण एसियाको क्षेत्रमा शीर्ष स्थानमा रहेको भारत १०१ औं स्थानमा उक्लेको छ । यता माल्दिभ्स ११ स्थान तल झर्दै १५१ औं स्थानमा पुगको छ भने बंगलादेश १९३, श्रीलंका १९७ तथा पाकिस्तान २०१ औं स्थानमा यथावत रहेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकपको लागि छनौट हुने पहिलो टिम बनेको ब्राजिल ६ वर्षपछि शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेन्टिना दोस्रोमा झरेको छ भने जर्मनी तेस्रो तथा चिली चौथो स्थानमा यथावत छ । कोलम्बियाले पनि दुई स्थान सुधार गर्दै पाँचौमा उक्लन सफल भएको छ ।

नेपाल फिफा वरीयता फुटबल ब्राजिल भुटान

विशेष