मनोरञ्जन

बाह्र वर्षको अन्तरालमा यस्ती भइन् सलमानकी ‘लकी गर्ल’

बाह्र वर्षको अन्तरालमा यस्ती भइन् सलमानकी ‘लकी गर्ल’

एजेन्सी । बलिउड चलचित्र ‘लकीः नोटाइम फर लभ’ मा सलमान खानकी जोडि बनेर भूमिका निभाएकी अभिनेत्री स्नेहा उल्लाल अहिले मिडियामा त्यति छाउँदिनन् । उनी लाइमलाइटदेखि टाढै रहन रुचाउँछिन् ।

एश्वर्या रायकोजस्तो लुक्सका कारण सलमानले उनलाई बलिउडमा ल्याएका थिए । फिल्मबाट टाढै रहेकी स्नेहाले एक अन्तर्वातामा आफू सलमानसँग काम माग्न कहिल्यै नजाने बताएकी थिइन् । त्यसैकारण पनि उनले न सलमानसँग काम मागिन् न त उनी अरु कुनै बलिउड फिल्ममा देखा परिन् ।

सलमानसँग फिल्म ‘लकी’ मा काम गरेदेखि फिल्ममा काम नगरेकी स्नेहा अहिलेसम्म पनि सलमान र आफू टचमै भएको बताउँछिन् । आफ्नी आमालाई क्यान्सर भएको समयमा सलमान घरमै भेट्न आएका पनि उनले बताइन् । 

‘लकी गर्ल’ सलमान स्नेहा उल्लाल

विशेष