मनोरञ्जन स्वास्थ्य

डाइटिङ भनेर खान छोड्ने हैन सन्तुलित भोजन गरौँ — दिपिका पादुकोण

डाइटिङ भनेर खान छोड्ने हैन सन्तुलित भोजन गरौँ — दिपिका पादुकोण
चैत-२४ । शरीरको तौल धेरै भएर डाइटिङ गर्नेहरु अधिकांश भेटिन्छन् । कोही कोही त तौल बढ्छ भनेर शरिरलाई आवश्यक पर्ने खानेकुरा पनि नखाई बस्ने गर्छन् । तर त्यसो गर्नु गलत भएको बलिउड अभिनेत्री दिपिका पादुकोण बताउँछिन् । दिपिका भन्छिन्, ‘वजनलाई कन्ट्रोल गर्नका लागि खाना खान छोड्नु ठिक होइन तर सहि खानेकुरा खानु हो । शरीरको वजनलाई मिलाउनका लागि सन्तुलित भोजन गर्नुका साथै एक्र्ससाइज पनि गर्नु जरुरी हुन्छ ।’ मानिसहरु डाइटिङको नाममा खाना नखाने र शारीरीक कसरतमा उतिसारो ध्यान नदिने गर्छन् । तर वजनलाई फिट राख्नका लागि शारीरीक कसरत गर्नु पनि उत्तिकै महत्वपूर्ण भएको स्वस्थ विज्ञहरुले बताउँदै आएका छन् । दिपिका यतिबेला आफ्नो आउँदो फिल्म ‘पद्मावती’ को सुटिङको काममा व्यस्त छिन् । उक्त फिल्मले सुटिङको क्रममा जयपूरका कार्नी सेनाको हस्तक्षेपदेखि लिएर सुटिङस्थलमा आगलागीजस्ता समस्यासमेत खेप्नुपरेको थियो । फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गर्दै छन् ।

डाइटिङ दिपिका पादुकोण सन्तुलित भोजन

विशेष