समाज
कुरुवा निधाएको मौकामा विरामीद्वारा अस्पतालमै आत्महत्या
बिहिबार, २४ चैत २०७३ गते प्रकाशित

चैत्र–२४ । राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् ।
वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौं तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो ।
महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताए । रासस
आत्महत्या
राष्ट्रिय ट्रमा सेन्टर
विरामी