समाज

टिपरले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

टिपरले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु
चैत्र–२४ । बनेपा–७ स्थित पुरानो तरकारी बजारमा आज टिपरले ठक्कर दिएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ३५५१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प २७७८ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रामेछाप–५ निवासी विनोद मुक्तानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इप्रका, बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उल्लेख गर्दै टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिपर बनेपा मृत्यु मोटरसाइकल चालक

विशेष