समाज

जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु
चैत २५ । पोखरामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका–१७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो । एक जनाको राजधानीको कान्ति अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा ६० वर्षीय माइली तामाङ, उनकी १९ वर्षीया छोरी मनमाया तामाङ र उनका नाति सोनम मगर रहेका छन् । अर्का नाति आयुष मगरको कान्ति बाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खडग बहादुर खत्रीले जानकारी दिए । मनमायाँले जंगलबाट ल्याएको च्याउ परिवारका चारै जनाले खाएको र च्याउ खाएपछि झाडा पखाला लाग्न थालेपछि माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरु तिनै जनाको मृत्यु भयो भने काठमाडौं पठाइएका आयुषको गम्भीर अवस्थामा उपचार भईरहेको जनाइएको छ ।

Jangali Chyau

विशेष