समाज

बाँदर आक्रमण रोक्न सर्वोच्चको अन्तरिम आदेश

बाँदर आक्रमण रोक्न सर्वोच्चको अन्तरिम आदेश

चैत २५ । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिर लगायत धार्मिक र सांस्कृतिक स्थलमा बाँदरको आक्रमण रोक्न बिहीबार सरकारका निकायलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्चले आदेशमा बाँदरको आक्रमण रोकेर मानव स्वास्थ्य रक्षाका लागि आवश्यक उपाय अवलम्बन गर्न, बाँदरको ज्यादतीमा सजगता अपनाउन र भक्तजनको सुरक्षामा उचित व्यवस्थापन गर्न भनेको छ ।

बाँदरको संक्रामक रोगका कारण पशुपतिनाथ लगायतका धार्मिक स्थलमा दर्शन गर्न आउने भक्तजनको सुरक्षा संवेदनशील बनेकाले रोक लगाउन मागसहित अधिवक्ता मधुर पाठकले रिट दिएका थिए ।

अन्नपूर्ण पोस्ट

Monkey

विशेष