खेल

आइपीएलमा मुम्बईलाई पुनेले हरायो

आइपीएलमा मुम्बईलाई पुनेले हरायो

चैत्र २५ । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्र्तगत गएराती भएको खेलामा मुम्बई इण्डियनलाई पुने सुपरजायन्टले ७ विकेटले पराजित गरेको छ ।

पुनेको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । सुरुवात राम्रो गरेपनि मध्यक्रम नचल्दा मुम्बईले त्यति राम्रो स्कोर बनाएन ।

मुम्बईका लागि जोश बटलर ले ३८ र नितिश राना ले ३४ रन र हार्दिक पाण्डेले नटआउट ३५ रनको योगदान गरेका थिए । पुनेका लागि इमरान ताहिरले ३ तथा रजत भाटियाले २ विकेट लिए । जवाफि व्याटिङ गरेको पुनेले १९ दशमलव ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पुनेका कप्तान स्टिभ स्मिथले नटआउट हुंदै ८४ रनको योगदान दिए भने ओपनर व्याट्म्यान अजिक्ये रहाणेले ६० रनको योगदान गरे ।

प्रतियोगितको म्यान अफ द म्याच स्टिभ स्मिथ भए । प्रतियोगिता अन्र्तगत आज गुजरात लायन्स र कोलकत्ता नाइट राइडर्स बीच खेल हुने छ ।

IPl t-20

विशेष