खेल

माइभ्याली कपको फाइनलमा त्रिभुवन आर्मी र झापा–११ भिड्ने

माइभ्याली कपको फाइनलमा त्रिभुवन आर्मी र झापा–११ भिड्ने

चैत्र २५ । तेस्रो माइभ्याली कपको फाइनलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी आमने सामने हुने भएका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा झापा–११ ले विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको हो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टोलीबाट कुनै पनि गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो १५ मिनेटको अतिरिक्त समयको १ सय ५ औै मिनेटमा झापा–११ का खेलाडी विशाल राईले गरेको गोल नै फाइनलका लागि आर्मीको भेट पक्का गरायो ।

झापाका विशाल राई खेलको म्यान अफ द म्याच चुनिए उनले ७ हजार रुपैया प्राप्त गरे । अब झापाले विभागीय टिम त्रिभुवन आर्मीसंग भोली इलाम रंगशालामा खेल्ने छन् । तीन विभागीय, २ भारतीय टोली सहित दश टीमको सहभागीता रहेको खेलको फाइनल विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्ने छ ।

MY vally cup

विशेष