Technology

ट्वीटरले ल्यायो लाइभ एप यसरी प्रयोग गर्न सकिने

ट्वीटरले ल्यायो लाइभ एप यसरी प्रयोग गर्न सकिने

चैत्र २५ । सामाजिक सञ्जाल ट्वीटरले उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै ट्वीटर लाइट एप सार्वजनिक गरेको छ ।

फेसबुकको डाटा सेभिङ एप फेसबुक लाइट र गुगलको युट्युव गोजस्तै ट्वीटर लाइटमार्फत कम डाटा खर्चेर एप चलाउन सकिने ट्वीटरले जनाएको छ ।  ट्वीटरले ग्राहकहरूलाई कम डाटामा ट्वीटर चलाउन मिलोस् भनेर नयाँ एप ल्याएको आफ्नो ब्लगमा लेखेको छ । विशेषगरी मोबाइल डाटा प्रयाग गर्दा पनि ट्वीटरको सेवा छिटो छरितो तरिकाले लिन पाइयोस् भनेर अमेरिका, बेलायतलगायतका ग्राहक लक्षित नयाँ एप ल्याएको हो ।

यो एप थ्रीजी र पछिल्लो समयमा विकास भइरहेका फोरजी सेवाबाट पनि ट्वीटर चलाउन सहज हुने अपेक्षा कम्पनीको छ । नयाँ एपका कारण ७० प्रतिशत डाटा बचत हुने र ३० प्रतिशत छिटो एपले काम गर्ने ट्वीटरले जनाएको छ ।

जसका लागि मोबाइलडट ट्वीटरडटकम बाट ब्राउजरमा जानुपर्ने हुन्छ । ट्वीटरले एसिया प्यासेफिकलगायत नयाँ क्षेत्रमा पनि लाइट भर्सनले उपभोक्तालाई सहयोग गर्ने अपेक्षा गरेको जनाएको छ । भारतमा भोडाफोनसँग सहकार्य गरिरहेको ट्वीटरले नेपालमा एनसेलसँग पनि सहकार्य गरेर सित्तैमा ट्वीटर चलाउने सुविधा दिएको थियो । नेपालमा यो सेवा हाल बन्द छ ।

Twitter Live APp

विशेष