Breaking News स्वास्थ्य

आज विश्व स्वास्थ्य दिवस, नेपालमा ८ लाख ९० हजार डिप्रेशनको शिकार

आज विश्व स्वास्थ्य दिवस, नेपालमा ८ लाख ९० हजार डिप्रेशनको शिकार

चैत्र २५ । आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ ।

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । डिप्रेसनबारे जानौं, खुलेर कुरा गरौं, र डिप्रेसन रोकथामका सेवाहरु वृद्धि गरौं भन्ने नाराका साथ डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

दिवसले स्वास्थ्य प्रणालीको माध्यमबाट डिप्रेसनको लक्षण तथा यसको समाधान गर्ने उपायका बारेमा विशेष जोड दिएको छ । विश्वभर ३० करोड बढी मानिसहरु डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने ८ लाख ९० हजार ३ सय ६१ जना डिप्रेसनको शिकार बनेको संगठनको तथ्यांक छ । समयमै उपचार पाए यो रोग सहजरुपमा निको हुने चिकित्सकको भनाई छ ।

१५ देखि २९ वर्षसम्मका मान्छेहरुको आत्मत्याको मुख्य कारक डिप्रेसनलाई नै मानिन्छ । हरेक उमेर समुहका मान्छेहरुमा डिप्रेसन हुनसक्ने चिकित्सकहरु बताउँछन् । विश्वमा डिप्रेसनका शिकार हुनेको संख्या वढेसंगै पुरुषको तुलनामा महिला दोब्बर बढी प्रभावित हुने चिकित्सकहरु बताउँछन् । दक्षिण–पूर्वी एसियामा करिब ८ करोड ६० लाख मानिस डिप्रेसनको शिकार भएको डब्लु.एच.ओ को तथ्याङ्क छ ।

World Health Day

विशेष