मनोरञ्जन

फिल्म ‘राधे’ को कथासँग जोडिएको छ निखिलको वास्ताविक जीवन

फिल्म ‘राधे’ को कथासँग जोडिएको छ निखिलको वास्ताविक जीवन
चैत २५ । फिल्मले भन्ने कथामा कहीँ न कहीँ कलाकारहरुो पनि वास्ताविक जीवनका घटना जोडिएका हुन्छन् । अभिनेता निखिल उप्रेतीका जिवनका पनि केही घटना फिल्म ‘राधे’ सँग जोडिन पुगेको बताएका छन् । यही वैशाख १ गते रिलिज हुन लगेको फिल्म ‘राधे’ द्वन्द्वकालमा मानिसहरुलाई वेपत्ता पारिएको कथामा आधारित छ । फिल्ममा निखिलले पनि एक वेपत्ता नाागरिकको भूमिका निभाएका छन् । द्वन्द्वकालमा निखिलको परिवारमा पनि केही आतकं मच्चियो । उनका बाबुलाई खाना खाइरहेको समयम टाउकोमा बन्दुक राखेर लिएर गए । उनीसँगै लगिएका एक शिक्षकलाई आधी बाटोमै बन्दुक हानेर मारियो । बेपत्ता पारिएको तीन दिन पछि निखिलका परिवारले बाबुलाई घर फर्काउन सफल भएका थिए । फिल्ममा निखिलसँगै अभिनेत्री प्रियंका कार्की र अशिष्मा नकर्मी पनि मुख्य भूमिकामा छन् । फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् भने जगदिश्वर थापाले निर्देशन गरेका हुन् ।

nikhil upreti

विशेष