Breaking News भिडियो मनोरञ्जन

निर्देशक दीपेन्द्र भन्छन– घामपानीमा दया र केकीबाहेक अरुकाे विकल्प थिएनन् (भिडियोसहित)

निर्देशक दीपेन्द्र भन्छन– घामपानीमा दया र केकीबाहेक अरुकाे विकल्प थिएनन् (भिडियोसहित)
https://youtu.be/kWvbuw3V0Yo
जीवनमा धेरैजसो कामहरु योजना बनाएर गरिदैनन् । एकपछि अर्को गर्दै मानिसले नयाँ नयाँ कामहरु गरिरहेका हुन्छन् । त्यसमा कोही सफल हुन्छन् त कोही असफल । धेर्रैले योजना मात्र बनाएर पनि समय कटाइरहेका हुन्छन् । दीपेन्द्र लामा फिल्म समीक्षक हुँदै फिल्म निर्देशक बनेका छन् । उनी यो यात्रामा कुनै योजना बनाएर निस्केका हैनन् । काम गर्दै सिक्दै उनी यहाँसम्म आइपुगेका हुन् । उनले निर्देशन गरेको फिल्म ‘घामपानी’ वैशाख १ गते प्रदर्शन हुँदैछ ।
‘पत्रकारबाट फिल्म निर्देशक बन्दा कस्तो लाग्यो ?’ घामपानीको चर्चासंगै उनलाई यो प्रश्न धरैले सोध्ने गर्छन् । उनको जवाफ हुन्छ –‘पत्रकारिताभन्दा फिल्म निर्देशन गाह्राे र फरक काम हो । शारीरिक, मानसिक र भावनात्मक तरिकाले काम गर्नुपर्छ । बल, बुद्धि र मन लगाएर गर्ने कामको प्रकृति फरक तथा जटिल हुदोँरहेछ रहेछ ’ दीपेन्द्र फिल्म निर्देशनमा त्यत्तिकै आएका होइनन् । फिल्म पत्रकारिता गरेको उनीसँग लामो अनुभव छ । केही म्युजिक भिडियो र सर्ट मुभि (लघु चलचित्र) समेत निर्देशन गरेका छन् । फिल्म पत्रकारिता र समीक्षा गर्दागर्दै उनले केही हदसम्म फिल्म बुझेका छन् । पत्रकारिता गर्दा सुटिङ स्र्पोट पुग्ने गरेका उनलाई सुटिङ कसरी गर्ने भन्ने ज्ञान पनि छ ।
घामपानी प्रर्दशनमा आउने मिति नजिकिँदै छ । फिल्म प्रमोशनमा मुख्य कलाकार देखिएका छैनन् । कम बजेटको फिल्म भएकाले सञ्चार माध्यममा प्रचार प्रसार पनि न्यून छ । यस्तो अवस्थामा चलचित्र राम्रो बन्दाबन्दै असफल बन्ने त हैन ? दीपेन्द्रलाई डर छ । फिल्म समीक्षामा ‘खरो’ समीक्षकको पहिचान बनाएका उनलाई फिल्म सफल बनाउनुपर्ने दवाव पनि उत्तिकै छ । किनकि, उनलाई खुच्चिङ भन्न पर्खिरहनेको जमात शुभकामना दिनेहरुको भन्दा बढी छ । केही वर्षअघि दीपेन्द्रले नागबेली फिल्मको स्क्रिप्ट लेखेका थिए । उक्त फिल्म व्यावसायिक रुपमा सफल भएन् । फिल्म असफल हुँदा त्यसको अपजस दीपेन्द्रले पाए । फिल्मको मुल खम्बा भनेकै पटकथा हो भन्ने आरोप उनको पोल्टामा प¥यो । अरुको फिल्म नराम्रो भन्ने मान्छे आफैँ पछारियो भन्नेहरु धेरै भए । अरुले बनाएको फिल्मलाई त्रुटीहरु देखाइदिने दीपेन्द्रदेखि धेरै निर्देशक निर्माताहरु चिढिएका थिए । फिल्म यसकरणले राम्रो बनेन् भन्दा निर्देशकहरुले ‘आफैँ फिल्म बनाएर देखा ’ भन्थे । उनले नागबेली लेखे । फिल्म असफल भयो । धेरैले खुच्चिङ भने । ‘अरुको फिल्म नराम्रो भन्नेले आफैँ गतिलो फिल्म बनाउनु ।’ भनेर धेरैले उनलाई गाली गर्न लागे । अहिले फेरि उनी घामपानी लिएर आएका छन् ।
‘कस्तो बनेको छ घामपानी ?’ धेरैले दर्शकहरु उत्सुकताको साथ वैशाख १ लाई पर्खिरहेका छन् । किनकि, घामपानीको ट्रेलर, गीतसंगीत अध्यधिक रुचाइएको छ । हैर्नेपर्ने फिल्मको सूचीमा घामपानीलाई राखिएको छ । फिल्म समीक्षकको फिल्म भनेर धेरै चलचित्रर्मीहरुले उनको फिल्मको प्रतिक्षा गरिरहेका छन् । त्यसैले दीपेन्द्र घामपानीबाट आशावादी छन् । पत्रकारितामा भन्दा फिल्म निर्देशन चुनौतीपूर्ण भएको दीपेन्द्र बताउँछन् । १८ वर्ष पत्रकारिता र फिल्म समीक्षा गरेका उनलाई चुनौतीपूर्ण काम गर्ने रुचि छ । त्यही चुनौतीले जन्मिएको हो घामपानी । नेपाली फिल्म वर्षैँदेखि एउटै रोगले ग्रसित छ । ट्रेलर गीतसंगीत अत्यन्त हिट हुन्छन् । तर फिल्म हेर्न दर्शकहरु हलसम्म पुग्दैनन् । यो रोगबाट पछिल्लो समय प्रर्दशनमा आएका चलचित्रहरु पनि अछुत छैनन् ।
घामपानीलाई यो रोगले छोला की नछोला ? दीपेन्द्र यो जिम्मा दर्शकहरुलाई दिन्छन् । ‘फिल्म हिट हुनका लागि गीतसंगीत हिट हुनु राम्रो कुरा हो । त्यसको संगसंगै फिल्मले उठाएको विषयवस्तुमाथि दर्शकलाई ईच्छा छ की छैन् ? कलाकारहरु कस्ता छन् ? फिल्मको प्रस्तुति कस्तो छ त्यसमा निर्भंर पर्छ ।’ उनले थपे –‘ घामपानी विषयवस्तु, प्रस्तुति, र कलाकारहरुले गर्दा उत्कृष्ट छ, सफल हुने हो या असफल हुने दर्शकको हातमा छ ।’ घामपानी चलचित्र ईमान्दार भएर बनाएको बताउँछन् दीपेन्द्र । दर्शकको रुचिभन्दा आफ्नो रुचिअनुसार फिल्म बनाएको उनको तर्क छ । ‘दर्शकको रुचि फरक फरक छन् । दर्शकहरुको रुचि पछ्याउदै गएमा निर्देशकको फिल्म बन्दैन् । उनले भने–‘मनले खाएको विषयवस्तु, पटकथा र मनले खाएको कलाकार र प्राविधिक राखेर फिल्म बनाएको छु । त्यसैले दर्शकहरुले चलचित्र रुचाउनेमा आशावादी छु । ’ घामपानीमा तामाङ युवक र बाहुनी युवतीको प्रेम कथा छ । उनीहरुको प्रेमले समाजमा कस्तो अन्तरद्वन्द निम्त्याउछ । चलचित्रको कथा यीनै सेरोफेरोमा घुमेको छ । तामाङ युवकको भूमिकामा दयाहाङ राई छन् भने बाहुनी युवतीको भूमिकामा केकी अधिकारी छिन् । कथा अनुसार कलाकार खोज्दा दयाहाङ र केकी रोजाइमा परेको दीपेन्द्र सुनाउँछन् । ‘कलाकारहरु खोज्दै जाँदा दया र केकीको बिकल्प कोही भेटिएनन् । उनले भने– ‘नयाँ कलाकार खोज्न सक्थ्यौ, नयाँ कलाकारहरुमा निर्माताहरु विश्वस्त देखिएनन् । अभिनय अत्यन्तै राम्रो र चलेको भएकाले केकी र दयालाई रोज्यौ । ’ पछिल्लो समय केकी र दयाको फिल्महरुलाई दर्शकहरुले रुचाउन छाडेका छन् । दयालाई नयाँ राजेश हमाल बनेको आरोप लागेको छ । धेरै भन्दा धेरै फिल्म खेलेकाले उनको भूमिकामा नयाँपन नआएको दर्शकहरुको आरोप छ ।
यस्तो अवस्थामा दीपेन्द्रलाई धेरैले भन्छन्–‘दयाको असफल फिल्मको शृंखलामा घामपानी पनि पर्ने त हैन् ?’ नेपालमा कलाकारकै कारणले फिल्म हिट हुने अवस्था नभएको दीपेन्द्रको र्तक छ । फिल्म असफल भएमा कलाकारले मात्र हैन निर्माता निर्देशको पनि त्यसको अपजस लिनुपर्ने उनी बताउँछन् । दया जस्ता कलाकारले धेरै फिल्म नखेले बजारमा टिक्न नसक्ने उनको तर्क छ । ‘कलाकारकको आयस्रोत फिल्म हो । वर्षमा एउटा फिल्म खेलेर बाच्न सम्भव छैन् ।’ उनले भने–‘ परिवार पाल्नकै लागि भएपनि नेपाली कलाकारहरुले धेरै भन्दा धेरै फिल्म खेलिरहेका छन् । धेरै फिल्म खेल्दैमा कलाकार झुर भएर जाँदैन् । घामपानी हेरेर दर्शकहरुले दयालाई गाली गर्दैनन् ।’
‘कस्तो बनेको छ त घामपानी ?’ दीपेन्द्र विश्वस्त छन् । घामपानी हेरेर दर्शकहरुले पछुताउनु पर्दैन् । घामपानीले दयाको असफल फिल्मको शृङखलालाई तोड्नेछ । मनोरञ्जन भरिपूर्ण चलचित्रबाट दर्शकहरुले सन्तुष्टि पाउनेछन् । गीत संगीत र ट्रेलरजस्तै फिल्म पनि दर्शकहरुले मन पराउनेछन् । घामपानी फिल्म कुनै लक्षित वर्गलाई केन्द्रित गरेर बनाएका हैनन् । मनले खाएको विषयवस्तुमाथि मौलिक चलचित्र बनाएकोले दर्शकहरु घामपानीबाट निराश नहुने उनी बताउँछन् । फिल्मले पैसा कमाउने/नकमाउने भन्दा पनि दर्शकहरुले मनोरञ्जन पाउँछन् की पाउदैनन् त्यो सोचम छन् दीपेन्द्र । वैशाख १ गते घामपानीसंगै ‘राधे’ ‘लभ लभ लभ’ प्रदर्शन हुने तयारी छ । एकैदिन ३ वटा फिल्म प्रदर्शनमा आउँदा व्यापारमा असर पर्ने अनुमान चलचित्रकर्मीहरुले गरेका छन् । किनकि,३ वटा चलचित्रले गीत संगीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएका छन् । ३ वटै चलचित्र सफल हुनेमा निर्माता निर्देशकहरु ढुक्क छन् ।
यस्तो अवस्थामा के तयारी छ त दीपेन्द्रको ? फिल्म जुध्नु र सिंगल रिलिज पाउनुले कुनै अर्थ नराख्ने दीपेन्दको तर्क छ । ‘राम्रो फिल्म भए ३ वटै संगसंगै चल्छन्। नराम्रो फिल्म सिंगल रिलिज पाएपनि एकैदिनमा उत्रिन्छ ।’ उनी थप्छन्–‘राम्रो फिल्मलाई सोलो रिलिज भए केही राम्रो गर्ला, ३ वटै फिल्म एकैचोटी चलेपनि दर्शकहरुले छानी छानी फिल्म हेर्न पाउँछन्, व्यापारमा असर गर्दैन् ।’ नेपाली चलचित्र बजारमा वर्षौदेखि विदेशी चलचिको वर्चस्व छ । नेपाली फिल्म एकपछि अर्को असफल भइरहँदा विदेशी फिल्ममा दर्शकहरु खचाखच हुन्छन् । ‘नेपाली फिल्मलाई दर्शकले रुचाउन छाडेका हुन कि राम्रो चलचित्र बन्न नसकेको हो ?’ यसको तथ्यगत जवाफ कसैले दिन सकेका छैनन् । नेपाली दर्शकहरुको आरोप छ –‘राम्रो नेपाली फिल्म नै बन्दैनन् ।’ तर, धेरै चलचित्रकर्मीहरु नेपालमै थोरै मात्रामा भएपनि राम्रो चलचित्र बन्दै गएको बताउँछन् । ती राम्रोमध्ये हेर्नैपर्ने फिल्मको सूचिमा घामपानीलाई पनि उनीहरुले राखेका छन् ।
विदेशी चलचित्रसँग प्रतिस्पर्धा कसरी गर्ने त ? धेरै चलचित्रकर्मीहरु विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नसक्नुपर्ने बताउछन् । नेपाली फिल्म नचल्नु विदेशी फिल्मले गर्दा हैन, आफ्नै फिल्मले गर्दा हो भन्ने धेरै चलचित्रर्मीहरुले बुझेका छन् । विदेशी फिल्म बहिस्कार गर्दैमा नेपाली फिल्म हिट नहुने दीपेन्द्रको तर्क छ । दर्शकहरुलाई विदेशी चलचित्र नहेर भन्ने पक्षमा आफू कहिल्यै पनि नरहेको उनी बताउँछन् । ‘फिल्म भनेको कला हो । अभिव्यक्तिको माध्यम हो । यसको कुनै भाषा, धर्म जात र लिंग हुदैन् । कला प्रस्तुत गरेपछि राम्रो छ भने दर्शकहरुले मन पराउछन् । ग्रहण गर्छन् । ’ उनी थप्छन् –‘हामी बलिउड फिल्ममा हेर्न नपाउने कन्टेन्ट, क्यारेक्टर ल्याउन सकेमा नेपाली फिल्म पनि हिट हुन्छन् । दर्शकहरुले रुचाउछन् ।’ नेपालमा दर्जनौँ फिल्म बन्छन् । थोरै फिल्म हेर्न मात्र दर्शकहरु हलसम्म पुग्छन् । थोरै चलचित्रहरुले मात्र लगानी उठाउँछन् । त्यहीपनि नेपाली फिल्म किन बन्न छोड्दैन् ? हप्तैपिच्छे चलचित्र किन जुध्छन् ? यसको जवाफ नेपाली दर्शकहरुले अहिलेसम्म पाएका छैनन् । ‘नयाँ लगानीकर्ताहरु कुनै फिल्म हिट हुनेबित्तिकै यतातिर र्आकषित हुन्छन् । उनीहरुलाई चलचित्र क्षेत्रको वास्तविकता थाहा हुन्न ।’ दिपेन्द्र भन्छन्–‘डिजीटल माध्यममा धेरैभन्दा धेरैको पहुँच हुन्छ । सबैसँग अरुलाई सुनाउनको लागि कथा हुन्छ । नयाँ लगानीकर्ता आउनु राम्रो कुरा हो ।’ नेपाली फिल्मले जत्ति प्रगती गर्नुपर्ने हो, त्यो भइनसकेको उनले अनुभव गरेका छन् । तैपनि, धेरै सन्तोष गर्नुपर्नै ठाउँ उनले देखेका छन् । आजकल बलिउड फिल्म कपी गरेर बनेको उनले भेटेका छैनन् । बलिउडको कथा र शैली चोरेर बनाउने निर्माता निर्देशकहरु फिल्ममा टिक्न सकेका छैनन् । ‘पहिला उत्कृष्ट भनिएका निर्देशकहरु बलिउड फिल्म चोर्थे ।’ उनले भने–‘अहिलेका उत्कृष्ट भनिएकाहरुले मौलिक फिल्म बनाएका छन् ।’ दीपेन्द्रलाई धेरैपटक फिल्म समीक्षामा बायस्ड भएको आरोप लागेको छ । उनी त्यो आरोप सही नभएको बताउछन् । आफूले कहिल्यै पनि मान्छे हेरेर चलचित्र समीक्षा नगरेको उनको तर्क छ । ‘ निर्देशकको हितको लागि नै मैले फिल्म समीक्षा लेख्ने गर्छु । नराम्रो फिल्मलाई राम्रो बनेर लेख्दा क्षणिक खुसी मिले पनि कालान्तरमा त्यो फिल्मको निर्माता, निर्देशकलाई असर पर्छ ।’ उनले भने–‘ औषधि सुरुमा खाँदा तितो भएपनि पछि त्यसले फाइदा गर्छ ।’ दीपेन्द्र पहिला राजेश हमालको धेरै ठूलाे फ्यान भएको बताउँछन् । अहिले उनलाई दया र सौगात मल्लको अभिनयले प्रभावित गरेको छ । केकी अधिकारी, प्रियंका काकी र ऋचा शर्मा उनका मनपर्ने अभिनेत्रीहरु हुन् । पुराना निर्देशकमा तुलसी घिमिरे मन पर्ने बताउँछन् । नयाँ निर्देशकमा छिरिङ रितार शेर्पा, मनोज पण्डित, नविन सुब्बा, निश्चल बस्नेत, हेमराज बीसी, र रामबाबु गुरुङ उनका मनपर्ने निर्देशहरु हुन् ।
प्रस्तुतिः सागर बुढाथोकी

Dayahang Rai dipendra lama ghampani Keki Adhikari

विशेष