खेल

खेल क्षेत्रको विकासकालागि पाँच ‘प’को प्रवर्द्धन गरिने

खेल क्षेत्रको विकासकालागि पाँच ‘प’को प्रवर्द्धन गरिने
चैत्र–२५ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवर्द्धनलाई जोड दिइरहेको बताएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बिहीबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेलकुदमा लगानी गर्न नडराऔँ’ भन्ने नाराका साथ पाँच ‘प’को प्रवर्द्धनमा मन्त्रालय लागेको बताए । सचिव दाहालले खेलक्षेत्रको विकासका लागि पाँच ‘प’ अर्थात् पूर्वाधार विकास, प्रशिक्षण, प्रतियोगिता, प्रतिभा छनौट र प्रोत्साहन अति आवश्यक रहेको भन्दै यो कुरामा योजनाबद्ध काम सुरु गरेको बताए। सचिव दाहालले राष्ट्रिय महत्वका तथा ठूला योजना र प्रतियोगितामा मन्त्रालय केन्द्रित रहने भन्दै गाउँ÷नगरमा स्थानीय तहले खेल क्षेत्र प्रवर्द्धनको नेतृत्व लिनुपर्ने बताए। सदरमुकामस्थित जनजागृति माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयले सहभागिता जनाएका छन् । तीनदिनसम्म चल्ने कार्यक्रममा महिला-पुरुष भलिबल, एथ्लेटिक्सलगायत प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिवी नेपालीले जानकारी दिए ।

खेल क्षेत्रको विकास युवा तथा खेलकुद मन्त्रालय सोलुखुम्बु

विशेष