समाज

डेढ घण्टाको हावा हुरीसहित परेकाे असिनाले गहुँ बालीमा क्षति

डेढ घण्टाको हावा हुरीसहित परेकाे असिनाले गहुँ बालीमा क्षति
चैत्र–२५ । डोटी जिल्लामा आज परेको असिना पानीले पाक्न लागेको गहुँ बालीमा ठूलो क्षति पुर्याएको छ । झण्डै डेढ घण्टासम्म हावाहुरीसहित परेको असिना पानीले डोटीको दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआई सिंह लगायतका गाउँपालिकाको हजारौं रोपनी जग्गामा लगाइएको गहुँ, जौं बालीका साथै फलफूल सखाप बनाएको बडिकेदार गाउँपालिकाका कृष्णबहादुर चन्दले दिए । ‘बाक्लो र यति धेरै असिना अहिलेसम्म परेको देखेको थिएन,’ चन्दले भने । असिना पानीले कैलाली जिल्लाको चुरे पहाड क्षेत्रका गाउँपालिकाको बालीमा समेत क्ष्यति पुर्याएको छ । असिना पानीले फुल्न लागेका सुन्तला र पाक्न लागेको काफलमा समेत व्यापक क्षति पुर्याएको छ । लामो समयपछि यस क्षेत्रमा वर्षासहित असिना परेको हो ।

असिना डोटी हावा हुरी

विशेष