कोलकताको आइपिएलमा कीर्तिमानी विजयी

[caption id="attachment_64247" align="alignleft" width="300"]
[/caption] चैत्र–२६ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा गुजरात रालयन्सलाई ३१ बल बाँकी रहँदै १० विकेटले पराजित गरेको हो । कीर्तिमानी जित निकाल्न १ सय ८४ रनको लक्ष्य कोलकताले १४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । कोलकातालाई जिताउन क्रिस लायनले ४१ बलमा नटआउट ९३ रन बनाए । यस्तै कप्तान गौतम गाम्भिरले ४८ बलमा नटआउट ७६ रन बनाए । गाम्भिर र लायनले आइपिल क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रन साझेदारीको रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड क्रिस गेल र दिलसानको नाममा थियो । उनीहरुले १ सय ६७ रनको साझेदारी गरेका थिए । यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ८३ रन बनाएको थियो । गुजरातका लागि सुरेश रैनाले ५१ बलमा ६८ रन बनाए । दिनेश कात्तिकले २५ बलमा ४७ रन साथै ब्रेन्डन म्याकुलमले २४ बलमा ३५ रन बनाए । कोलकाताका कुलदीप यादवले दुई, ट्रेन बोल्ट र पियुस चावलाले एक एक विकेट लिए । इन्डियन प्रिमियर लिग (आइपिएल) कोलकता नाइट राइडर्स क्रिकेट