प्रवास

हावाहुरी र हिमपातका कारण भारतमा दुई नेपाली विद्यार्थीको मृत्यु

हावाहुरी र हिमपातका कारण भारतमा दुई नेपाली विद्यार्थीको मृत्यु
चैत्र–२६ । भारतको राजधानी नयाँदिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको हिमाञ्चल प्रदेशस्थित कुल्लु मोनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको छ । उनीहरु एक साताअघि दिल्लीबाट ट्रेकिङका लागि त्यहाँ गएका थिए । मृत्यु भएकामा काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर कञ्चनपुरका सन्तोष ऐर छन् । बुधबार साँझ ८ बजे अचानक चलेको हावाहुरी र हिमपातमा परेका पाँच विद्यार्थीमध्ये २ जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचार भइरहेको छ । बाटो भुलेका कारण उनीहरु अत्यधिक हिमपात भइरहेको क्षेत्रमा पुगेका थिए । दिल्ली लक्ष्मीनगरस्थित सीएका विद्यार्थी राहुल यादवका अनुसार मंगलबार ८ बजे उनीहरुले ‘हामी अलपत्र पर्यौैँ, हामीलाई उद्धार गर्नुपर्यो’ भनी फोन गरेका थिए । तर त्यसको केही समयपछि नै उनीहरु सम्पर्कविहीन भएका थिए । उनका अनुसार स्थानीय प्रहरीले पाँचै जनालाई उद्धार गरेर राति १२ बजे अस्पताल पुर्याएको थियो । अस्पतालले २ जनालाई मृत घोषणा गरेको थियो । घाइते ३ विद्यार्थी नितेश प्रधान, विकास कँडेल र अर्जुन मिश्राको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर एसएसपी यादव खनालका अनुसार शव ल्याउने र घाइतेको उपचारका लागि पहल भइरहेको छ । मृतकका परिवार काठमाडौंबाट आएपछि पोस्टमार्टम हुने र शव काठमाडौं पठाउने पक्रिया सुरु हुनेछ । –कान्तिपुर दैनिकबाट

नेपाली विद्यार्थी भारत मृत्यु हावाहुरी र हिमपात

विशेष