खेल

एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोहित इन्डोनेसियन क्लबमा अनुबन्धित

एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोहित इन्डोनेसियन क्लबमा अनुबन्धित
चैत्र–२६ । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको फुटबल क्लबसँग पुनः अनुबन्धित भएका छन् । घुँडाको शल्यक्रिया भएको एक वर्षपछि नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोहित चन्दलाई इन्डोनेसियाको पर्सिजा जकार्ताले एक सिजनको लागि अनुबन्ध गरेको हो । पर्सीजा जाकार्ता इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब हो । रोहितले यसअघि सन् २०१३ देखि २०१५ सम्म सोही क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २०१६ मा भएको ‘इन्डोनेसिया सकर च्याम्पियनसिप ए’ मा पर्सिजा १४ औं स्थानमा थियो । सुपर लिगपछि च्याम्पियनसिपलाई पनि नयाँ नाम दिएर पहिलो डिभिजनको प्रतियोगिताको रुपमा यसपटक इन्डोनेसियामा ‘लिग वान’ हुँदै छ । १५ अप्रिलबाट सुरु हुने बताइएको लिग वानमा १८ क्लबले प्रतिस्पर्धा गर्नेछन् । मछिन्द्रबाट करिअर सुरु गरेका रोहितले भारतको आई लिग हिन्दुस्तान एरोनटिक्स लिमिटेडबाट २०१०–१२ मा खेलेका थिए । उनले २०१२–१३ मा पीएसपीएस पेकनबारु र २०१३–१५ मा पर्सिजा जकार्ताबाट इन्डोनेसियन सुपर लिग खेलको थिए । गत वर्ष मलेसियाको टी–टिम फुटबल क्लबसँग आबद्ध भएका रोहितले घुँडाको चोटका कारण सम्झौता रद्ध गर्नुपरेको थियो । उपचारका क्रममा करिब १० महिना बिताएपछि उनी मनाङ–मस्र्याङदीको जर्सीमा मैदानमा फर्किएका थिए । सन् २००९ मा प्यालेस्टाइनसँग भएको च्यालेन्ज कप छनौटको खेलमार्फत् राष्ट्रिय टिममा डेब्यू गरेका रोहितले ४४ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् ।

अनुबन्ध इन्डोनेसियन क्लब पर्सिजा जकार्ता फुटबल रोहित चन्द

विशेष