समाज

हिमालपारिकाे जिल्ला अन्धकारमा

हिमालपारिकाे जिल्ला अन्धकारमा
चैत्र–२६ । हिमालपारिको जिल्ला मनाङमा विद्युत् प्रवाहमा समस्या हुँदा सरकारी तथा अन्य काम प्रभावित भएका छन् । विद्युत् नहुँदा जिल्ला सदरमुकाम चामेलगायत आसपासका गाउँ अन्धकार भएका छन् । स्थानीय स्यल्क्यु खोला लघु जलविद्युत् आयोजना बन्द भएपछि सदरमुकाम अन्धकार भएको हो । विश्वविख्यात अन्नपूर्ण पदमार्गको गन्तव्य मानिने मनाङ सदरमुकाम चामे, थानचोक, तिमाङलगायत स्थानमा लक्ष्य गरी निर्मित ४५ किलोवाट क्षमताको स्यल्क्यु खोला लघु जलविद्युत् आयोजनाको जेनेरेटरमा समस्या देखिएपछि मर्मतका लागि आयोजना बन्द गरिएको प्रजिअ कमलराज भण्डारीले बताए । आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएको र विद्युत् सेवा बन्द भएपछि विद्युत्बाट सञ्चालन हुने टेलिफोन र मोबाइल सेवा पनि चल्न समस्या भएको स्थानीय प्रशासनले जनाएको छ । बिजुली र सञ्चार सेवा दुवै बन्द भएपछि सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीका साथै अन्नपूर्ण चक्रीय मार्गका लागि चामे पुगेका पर्यटक बढी समस्यामा छन् ।

अन्धकार आयोजना बन्द मनाङ विद्युत् प्रवाह

विशेष