सलमान र अनस्कृन बाबु विनोदको भेट


चैत २६ । बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्ना अन स्कृन बाबु विनोद खन्नालाई भेटेका छन् । कलाकार खन्ना अहिले डिहाइड्रेसनका कारण थला परेका छन् । विनोद खन्ना हरिस्पटलमा रहेको अवस्थाका फोटोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि बलिउड कलाकारहरुको उनलाई भेट्न जाने क्रम बढ्दो छ । ‘दबंग’ र ‘वान्टेड’ जस्ता फिल्ममा विनोदले सलामनका बाबु बनेर भूमिका निभाएका छन् । कलाकार खन्नालाई अहिले भारतको मुम्बाईस्थित सर एचएन रिलायन्स फउण्डेसन हस्पिटलमा भर्ना गरिएको छ । बलिउड भेट विनोद खन्ना सलमान खान